नेपालमा थप ९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

रौतहटका ७ र बारामा एक महिलासहित दुई जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया