पोखराका एक युवकको मस्तिष्कघातका कारण जापानमा मृत्यु

टोकियो । रोजगारीका लागि ४ बर्ष अधि जापान आएका पोखरा ५ पस्याङ घर भएका सुविन सुबेदीको मंगलबार मस्तिष्कघातका कारण मृत्यु भएको छ ।

कुक भिषामा श्रीमती सहित जापानको साईतामा प्रान्तको सिकि सहरमा बसोबास गर्ने ३४ वर्षिय  सुबेदी मंगलबार बिहान सुतेको स्थानमा नै मृत भेटिएका हुन् । मृतक सुबेदीको श्रीमती र ४ बर्षको छोरी छन् । जापान प्रहरीले परिवारलाई दिएको पोष्टमार्टम रिपोर्ट अनुसार मस्तिष्कघातको कारण मृत्यु भएको खुल्न आएको छ ।

कास्की पोखरा समाज जापानको पहलमा मृतक सुबेदीको पारिवारिक सल्लाह अनुसार दाहसंस्कार यहि साता जापानमा नै गर्ने तय भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया