अधिवेशनको सुरु : मुख्यमन्त्री गुरुङद्धारा प्रधानमन्त्री ओलीको प्रशंसा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सीमा रक्षामा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नु भएको छ । सत्तारुढ नेकपाको स्थायी समिति सदस्य र प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले आफ्नो पार्टीका अध्यक्ष प्रधानमन्त्री ओलीलाई राष्ट्रको सपूतको संज्ञा दिनु भएके छ ।

 प्रदेश सभाको बर्खे अधिवेशनको सुरु दिन आइतबार मन्तव्यका क्रममा मुख्यमन्त्री गुरुङले भारतसँग ओलीले पौठेजोरी खेल्ने आँट गरेको बताउनु भयो । ‘हिजोदेखि भारतले मिचमाच गर्‍यो, कसैले बोल्ने हिम्मत गरेन, सम्मानीय प्रधानमन्त्री केपी शर्माज्यूले लिपुलेख,कालापानी र लिम्पियासम्मको भूमि हाम्रो हो भनेर हिम्मत गर्नुभाछ उनले भने, कूटनीति लडाइँ सुरु भयो अब सत्य कुरा के हो भने इतिहासको यो जटिल जङ्सनमा उहाँले एउटा आँट गर्नुभयो।  नेपालमा  ३८-४० जना प्रधानमन्त्री भए पनि अहिलेसम्म अरुले गर्न नसकेको काम केपी ओलीबाट भएको मुख्यमन्त्रीको भनाइ थियो । भीमसेन थापापछि नेपालमा कति प्रधानमन्त्री भए ? गन्नोस् त ३८ जना भयो कि ४० जना भयो ? पञ्चायतको छाड्दिऊँ, मनमोहन अधिकारी एकपटक हुनुभयो। माधव नेपाल कतिपटक हुनुभयो, गिरिजाप्रसाद कतिपटक हुनुभयो, शेरबहादुर देउवा कतिपटक हुनुभयो, बाबुराम भट्टराई कतिपटक हुनुभयो, प्रचण्ड कतिपटक हुनुभयो रु हिसाब किताब छ नि हामीसँग तर बिरोलोको घाँटीमा घन्टी झुन्ड्याउने त सम्मानीय केपी शर्मा ओली नै हो नि, कसैले लुकाएर लुकाउन मिल्छ र ?  उनले भने, यो हिसाबले केपी ओली नेपालको एउटा सपूत हो । मेरो पार्टीको अध्यक्ष भएर भन्या हैन, प्रधानमन्त्री भएर पनि भन्या हैन ।

मुख्यमन्त्रीले दुई देशको समान सार्वभौमिकताको आधारमा केपी ओलीले भारतसँगको सम्बन्ध कायम गर्न खोजेको हुँदा उनको कदमलाई परराष्ट्र नीतिका निम्ति ओली डक्ट्रिनको संज्ञा दिनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया