काठमाडौं । नेपालको विभिन्न जिल्लामा आज थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको संख्या ६८२ पुगेको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न जिल्लामा ७ जना संक्रमित थपिएको जानकारी दिए । नयाँ संक्रमितमा मेल्लेख अछामका एक पुरुष, बर्दिया गुलरियाका तीजना पुरुष र पर्साका दुई जना पुरुष रहेका छन् । अर्का एक संक्रमित पर्साकै मृतक व्यक्ति रहेका छन् । संक्रमितमध्ये एकजना जेठ ४ गते र्साको वीरगञ्जमा मृत्यु भएको थियो । आज विहानमात्र नेपालको विभिन्न जिल्लामा ७२ जना संक्राित भेटएका थिए । यो संगै आज दिनभर ७९ जना पुगेका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर दुई जना पत्रकारसहित ४३ जना सोमबार डिस्चार्ज भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया