आफ्नै छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

सिन्धुपाल्चोक । १८ वर्षीय आफ्नै छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीमा बुबा पक्राउ परेका छन् ।

छोरीलाइ बिगत देखिनै पटक पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाको आमाले प्रहरीमा उजुरी दिएपछि आज बालिकाको बुबालाइ प्रहरीले घर बाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो । प्रहरीले अनुसन्धान गर्दा पीडित किशोरीले समेत बाबुले ४ वर्ष अघिदेखि नै जबरजस्ती गरेको स्विकारेकी थिइन् । पक्राउ परेको निजको थप अनुसन्धान भइरहेको र आरोप प्रमाणित भएमा उनलाइ जबरजस्ति करणी  मुद्धा चलाइने तामाङले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया