बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

हेटौंडा । बागमती प्रदेशको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित अन्य विपक्षी दलले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे ।

बुधबार नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिएका थिए । सांसदहरु रमेश पौडेल, नीमा लामा, प्रभात तामाङ, पुकार महर्जन, सन्तबहादुर प्रजा, रीता माझी, रिना गुरुङ र शोभा शाक्यले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संशोधन प्रस्ताव अस्वीकृत भएको छ । नेपाली कांग्रेसले अँध्यारो भविष्य भएको नीति तथा कार्यक्रम आएको बताएको छ । छलफलमा सहभागी हुँदै प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले नीति तथा कार्यक्रम कोरोनासँग लड्ने खालको नभएको र कर्मकाण्डी ढंगले मात्रै आएको दावी गरे ।

मुख्यमन्त्री डोरमणि पौडेलले नीति तथा कार्यक्रमले आगामी दिनमा बागमती प्रदेशको भविष्य उज्यालो देखिएको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया