जापान । नेपाली गीत संगीतका सर्जक केशब पौडेलको उत्कृष्ट शब्द सृजनामा “पुतली”सार्वजनिक भएको छ । S3K Entertainment को प्रस्तुतिमा उनै सर्जक पौडेलको उत्कृष्ट शब्द सृजनामा “पुतली”सार्वजनिक भएको हो । चर्चित रचनाकार तथा संगितकार शिव हमालको उत्कृष्ट संगीत रहेको गीतमा विक्रम परियार र चर्चित लोकदोहोहोरी गायिका देवि घर्तिमगरको स्वर रहेको छ ।
लोक संगीतको क्षेत्रमा छुट्टै इतिहास लेखाउन सफल भैसकेका पौडेलको शब्द सृजनामा केहि वर्ष अगाडी बजारमा आएको‘उही खोलीको पानी उही खोलीको माछा’गित सर्वाधिक चर्चामा आयो र छोटो समयमा नै करोड क्लबमा पुगेको थियो । अर्को गित ’गुन्द्रुक मिठो साग’पनि आम दर्शक स्रोताको मन मुटुमा बस्न एक सफल गित थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया