रामेछापमा कोरोना रोकथाम : ३६१ शैयाको क्वारेन्टिन स्थापना,क्वारेन्टाइनमा १२६ जना बसे

मन्थली । रामेछाप जिल्लामा बनेको क्वारेन्टिनमा १२६ जना बसेका छन् । आईतबारसम्म भारत लगाएतका विभिन्न ठाउँबाट घर आएका मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

आइतबारसम्म उमाकुण्ड गाउँपाकिलामा २१ ,मन्थली नगरपालिकामा २५ , रामेछाप नगरपालिकामा १९ , गोकुलगंगा गाउँपालिकामा १० , खाँडादेवी गाउँपालिकामा ७ , सुनापति गाउँपालिकामा २ , दोरम्बा गाउँपालिकामा १० र लिखुतामाकोशी गाउँपालिकामा ३२ जना गरी १ सय २६ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले बताए । कर्णका अनुसार शुक्रबार कोरोन संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका १० जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७४ शैयाको आइसोलेशन कक्ष र ३ सय ६१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया