जापान सरकारले दिने अनुदान र ऋणको सहजीकरण तथा फारम नि:शुल्क भरिदिने

टोकियो । एकता कर्पोरेशन जापान र मातृ सन्देश डट कमको सहकार्यमा जापान सरकारले दिने अनुदान र ऋण बारे सहजीकरण तथा फारम नि:शुल्क भरिदिने भएको छ ।

जापानी भाषाको समस्या परेका नेपालीहरुलाई सहज होस भनेर काम नभएर वा काम घटेर दैनिकी चलाउन असहज भएकाहरूलाई उपलब्ध गराउने ऋणको एकता कर्पोरेशन र मातृ सन्देश डट कमको सहकार्यमा जुन २१ तारिख आइतबारबाट एक साता फारम नि:शुल्क भरिदिने व्यवस्था गरेको हो । जुन २१ बाट जुन महिनाको २८ तारिखसम्म टोकियोस्थित निप्पोरी स्टेशन नजिक रहेको एकता कर्पोरेशन जापानको कार्यालयबाट उक्त सेवाको सुरु आइतबारबाट संचालन गरेको एकता कर्पोरेशन जापानका प्रमुख तेज लामाले बताउनु भयो । २ लाखको फारम साथै जापान सरकारले उपलब्ध गराएको अन्य सेवा सुविधाको बारेमा समेत निशुल्क परामर्श र फारम भर्न सहयोग गरिने मातृ सन्देश डट कमका प्रधानसम्पादक शान्त पहरीले बताउनु भयो । बिहान १० बजेबाट साँझ ६ बजेसम्म कार्यालय र फोनबाट समेत सहयोग गरिने मातृ सन्देशका सह-सम्पादक तथा यस अभियानका संयोजक हिमाल लामाले जानकारी दिनुभयो । यस सम्बन्धी जानकारी लिनको लागि भिंडियो सामग्रीसमेत तयार गरेको छ । ल्हासो निप्पन यूट्यूब च्यानलबाट यी र यस्ता सामग्री हेर्न सकिने लामाले बताउनुभयो ।

सम्पर्कको लागि
080-9667-2929
東京都荒川区荒川3-48-5 コポラース大泉204
नजिकको स्टेशन : Mikawashima station निप्पोरी स्टेशनबाट २ मिनेट

फेसबुकबाट तपाइको प्रतिक्रिया