काठमाडौं । तीन महिनादेखि थाइल्याण्डमा रहेकी पूर्व युवराज्ञी हिमानी शाह स्वदेश फर्किएकी छिन् । बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी लकडाउनका कारण उतै रोकिएकी थिइन् ।
नेपाल एयरलाइन्सको विमानले मंगलबार थाइल्याण्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो । सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि फर्केका हुन् । छोरासहित हिमानी शाह फर्किएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले पनि पुष्टि गरे । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि हिमानी र हृदयन्द्र होटल क्वारेन्टिनमा बसेका छन् । नेपाली सेनाले उनीहरुको क्वारेन्टिन व्यवस्थापन गरेको महाप्रबन्धक केसीले जानकारी दिएका छन् ।
हिमानीका दुई छोरीहरु पूर्णिका र कृतिका भने उतै बसेका छन् । उनीहरुको कलेज खुलिसकेकाले नेपाल नआएको जनाइएको छ । थाइल्याण्डमा बस्दा हिमानीले छोरीहरुसँग नाचेको टिकटक भिडियो भाइरल बनेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया