नागरिकता विधेयकको विरोधमा जसपाले असार १६ गते विरोध प्रदर्शन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले संघीय संसदमा प्रस्तुत भएको नेपालको नागरिकता (पहिलो संशोधन) ऐन, २०७७ ले गोर्खा सेनाको रुपमा विदेशमा कार्यरत नेपालीका सन्तानलाई गैर–नागरिक बनाई राख्ने प्रयास गरेको भन्दै विरोध जनाएको छ ।
नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीले असार १६ गते राजधानी काठमाडौं लगायत देशका जिल्ला सदरमुकाम र मुख्य सहरहरुमा विरोध प्रदर्शन र सभाहरु गर्ने कार्यक्रम सार्वजनिक गरेकाे छ ।

बुधवार पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्त ठाकुरले एक विज्ञप्ति जारी गर्दै भनिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया