काठमाडौं । नेपालमा आज थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २र२ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा चार हजार पाँच सय ३७ जनाको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।
यससँगै देशभर कुल १४ हजार ५१९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा १०९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जना संक्रमित थपिएका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया