बझाङ । केदारस्युँ गाउँपालिका(८, मल्लेसीमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले ६ जनको शव निकालिसकेको छ भने अर्का एकको खोजी भइरहेको बताए ।
उनका अनुसार शनिबाररातिसँगै गाउँ माथिबाट खसेको पहिरोले मल्लेसीका १८ घरमा क्षति पुर्याएको थियो । पहिरो खस्न थालेपछि केहीले भने भागेर ज्यान जोगाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धार गरेका थिए ।
नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामसम्म राहत ल्याउने तयारी गरिरहेको प्रजिअ भण्डारीले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया