काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण सुधारउन्मुख देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
गत साता ७ सय सम्म पुगेको थियो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका ७० जनासहित संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको जानकारी दिए । संक्रमितमध्ये ८ हजार ४ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया