काठमाडौं । नेपालमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित थपिएसँगै नेपालमा १६ हजार ८ सय १ जना संक्रमित पुगेका छन् । जसमा काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।
संक्रमित हुनेमा काठमाडौंमा ५ र ललितपुरमा एक जनामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार पीसीआर विधिबाट आज ३ हजार ९ सय १६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लख ८३ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरीका क्वारन्टिनमा २३ हजार ७ सय ८४ जना रहेका छन् ।
उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले समुदायमा नमुना संकलन गर्न थालेको छ । नखुटोल, कोटेश्वर, संखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बताउनुभयो ।
अहिलेसम्म संकलन भएका ३ हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा ३ जनामा मात्रै पोजेटिभ देखिएको छ । उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको उहाँले बताउनुभयो । असार २५ गतेबाट ४५ हजारको नमुना संकलनको काम अघि बढाइएको पनि उहाँले बताउनुभयो । उपत्यकामा मात्रै ५ हजार नमुना संकलन हुनेछन् ।
बैंक तथा वित्तिय संस्था, मालपोत कार्यालय र आइसियु लगायत अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुको नमुना संकलन सुरु भएको उहाँले बताउनुभयो । अहिलेसम्म संकलन गरी रिपोर्ट आएका ५ सय ५ जनामा नेगेटिभ आएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ सय ४७ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ८ हजार ५ सय ८९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया