कैलाश खत्री,रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १४ फुलासीमा राहत वितरण गरिएको छ । इस्ट टिचिंङ शिक्षा प्रोजेक्ट नेदरल्याण्डले स्थानीय विपन्नबर्ग,दलित, अशक्त अपांगलाई राहत वितरण गरिएको हो ।
संस्थाले कोरोना भाइरस कोभिड १९ को कारण लकडाउनको यो अबस्थामा केही सहयोग पुगोस भनेर राहत वितरण गरिएको बताएको छ । राहत स्वरुप चामल,नुन,खानेतेल र सावुन वितरण गरेको हो । कुल १०८ घरपरिवारलाई राहत प्रदान गरिएको छ । राहत सामाग्री इस्ट टिचिंङ शिक्षा प्रोजेक्ट नेदरल्याण्डले उपलब्ध गराएको थियो । कुल १ लाख १ हजार ७ सय रुपैयाँ बराबरको सामाग्री वडालाई उपलब्ध गराएको नेदरल्याण्ड्स नेपाल देशिय प्रतिनिधि सोनाम लामाले जानकारी दिनुभयो । सामाग्रिहरु वडाअध्यक्ष भरतसिं वाइवा र वडा सचिव रविनजंग कार्कीले वितरण गर्नुभयो ।
त्यस कार्यक्रममा बोल्दै वडा अध्यक्ष वाइवाले संस्थालाई राहत सामाग्री दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया