मेलम्ची खानेपानी आयोजनाले बगाएका इन्जिनियर गोहित मृत भेटिए

सुशिल सुबेदी,सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङको गेट फुट्दा आएको बाढीले बगाएक इन्जिनियर सतिश गोहित मृत भेटिएका छन्। मेलम्ची नगरपालिका ११ स्थित पाल्चोकी क्रसर उद्योग नजिक इन्जिनियर गोहितको शव भेटिएको ईलाका प्रहरी कार्यालय मेलम्ची का प्रहरी निरीक्षक फल बाहादुर तामाङ ले बताए।

मंगलबार सुरुङ फुटेर पानी फर्कंदा सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहितलाई बगाएको घिमिरेले बताए।सुरुङको १७ नम्बरको गेट फुट्दा काठमाडौं जानुपर्ने पानी मेलम्ची खानेपानीको मुहानतर्फ नै फर्कदा दुई जनालाई बगाएको हो।
मेलम्ची नदीले बगाएको चारमध्ये दुई जनालाई मंगलबार घाइते अवस्थामा भेटिएको घिमिरेले बताए। घाइतेद्वय शेखर खनाल र दावा लामालाई उद्धार गरी काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको लागि पठाइएको निरीक्षक तामाङ ले जानकारी दिए।

मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया