नेपालमा थप १६७ जनामा कोरोना संक्रमण,संक्रमित १७,३४४ पुग्यो

काठमाडौं । नेपालमा बिहीबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
गत २४ घण्टामा २१३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ जना रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमित भई उपचारमा रहेका संक्रमितको संख्या ६ हजार ५६ रहेको छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया