नेपालमा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १४७ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ भने एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ४८१ नमुना परीक्षण गरिएको थियो, त्यसक्रममा १४७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका २४, पर्साका १७, मोरङका ८, सप्तरी र डोटीका ७/७ जना, काठमाडौं र सुर्खेतका ५/५ जनामा संक्रमण पुष्टि भएको छ । पर्वत र रुपन्देहीका ३/३ जना, धनकुटा, सुनसरी, सिराहा, भक्तपुर, ललितपुर, कास्की, डडेलधुरा र कैलालीका २/२ जना तथा झापा, महोत्तरी, स्याङ्जा, नवलपरासी, सल्यान र बझाङका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ । उनीहरुमध्ये ४३ जनाको मृत्यु भएको छ भने १२ हजार ८४० जना निको भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया