दाङ । दाङमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ ।
गएराति देखिको अविरल वर्षा पछि आएको पहिरोले घर पुरिँदा बंगलाचुली गाउँपालिका – ५ साकिने निवासी २४ बर्षिय बाटुली नेपाली र उनकी २ बर्षिय छोरी आयुस्मा नेपालीको मृत्यु भएको हो ।
आज बिहान ३ वजे तिर गएको पहिरोले फुसको घर पुरिदा उनीहरुको मृत्यु भएको हो । मृतक दुवैको शव घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया