सिन्धुपाल्चोक । तामाङ कलाकार संघले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीका पहिरो पीडितका लागि एक लाख २५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ ।
संघले शनिवार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङलाई उक्त रकम हस्तान्तरण गरेको हो । संघको तर्फबाट एक लाख र व्यवसायी पूर्ण लिम्बूबाट २५ हजार रूपैयाँ सहयोग गरिएको संघका अध्यक्ष सन्जीव वाइबाले जानकारी दिनुभयो ।
पहिरोमा परी घाइते भएकाहरूको उपचार तथा पीडितका लागि आवश्यक राहात वितरणका लागि उक्त सहयोग गरिएको उनले बताए । घटनास्थलमै पुगेर राहत तथा अत्यावश्यक सामग्री वितरण गर्न सम्भव नभएकाले जिल्ला समन्वय समितिका प्रमुखलाई उक्त रकम हस्तान्तरण गरिएको उनको भनाइ छ ।
लिदीमा शुक्रबार बिहान गएको पहिरेमा पुरिएका ३९ जनामध्ये हालसम्म १८ जनाको शव फेला परको छ। अन्य बेपत्ता २१ जनाको खोजी कार्य भइरहेको जनाएके छ ।
पहिरोमा परी घाइते भएका आठ जनालाई शुक्रबार नै उद्धार गरिएको थियो । उनीहरूको हाल अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया