चार वर्षीया बालिकासहित थप सात कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २२८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार तीन जना महिला र चार पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

महोत्तरीमा चार वर्षीया बालिका, गोरखा र रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै झापा, रौतहट, चितवन र भक्तपुरमा एक एक जना पुरुषको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया