टोकियोमा विहिबार थप ८२२ जनामा जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप ८२२ जनामा  कोरोनाभाईरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर १७ तारिख बिहिबार टोकियोमा एकैदिन ८२२ जनामा कोरोनाभाईरस संक्रमण पुष्टि भएको हो ।
जापानको राजधानी टोकियोमा यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मको सबैभन्दा बढी हो ।
हिजो एकैदिन ६७८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज सम्म गरि टोकियोमा ४९,४९० जना कोरोना संक्रमित पुगेका छन् भने ५६० जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया