काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा राजनीतिक रुपमा दुई समुहमा विभाजन भएपछि चीनको चासो ह्वात्तै बढेको छ ।
नेकपा विभाजन भएपछि त्यसबारे चासो राख्दै चीनको सत्तारुढ दल चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को उच्चस्तरीय प्रतिनिधिमण्डल आज नेपाल आउँदैछ ।
नेपालका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीलाई एक गराएको सिपिसीका नेताहरुले पार्टी विभाजन रोकाउन प्रयास गर्ने दाबी गरिएको छ ।
भ्रमण टोलीलाई सिपिसीको विदेश विभागका उपप्रमुख गुओ येझोउले नेतृत्व गर्ने बताइएको छ । टोलीमा चार सदस्य रहने छन । टोली नेपालमा चार दिनसम्म बस्ने र सोही क्रममा बिभिन्न नेताहरुसंग भेटघाट गर्ने जनाइएको छ ।
प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुसँग भेटवार्ता गर्ने जनाएको छ ।
नेकपा विभाजन भएपछि नेपालका लागि चीनकी राजदूत होउ यान्छीले प्रतिनिधिसभा विघटनपछि राष्टपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख नेपाल लगायतसम्म भेटेका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहितको चार सदस्यीय टोली काठमाडौँ आउन लागेको जनाइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया