संसद विघटन विरुद्ध मंगलवार नेकपा प्रचण्ड-नेपाल समुहले बृहत् जनप्रदर्शन गर्ने

काठमाडौं । संसद विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रचण्ड नेपाल समुहले बृहत् जनप्रदर्शन गर्ने भएको छ । देशभर हुने उक्त बिरोध प्रदर्शनमा उक्त पार्टीले हजारौं नेता तथा कार्यकर्ता सडकमा ओराल्ने भएको छ ।
त्यसैगरी राजधानीमा पनि सो पार्टीले ठूलो संख्यामा जनताहरुको उपस्थिति गराउने भएको छ । मंगलवारको उक्त जनप्रदर्शनमा राजधानीका विभिन्न क्षेत्रहरुको नेतृत्व विभिन्न नेताहरुले गर्ने भएका छन् ।

नेतृत्व निम्न नेताहरुले गर्ने
मैतिदेवीः हरिबोल गजुरेल
नक्साल चोकः देवेन्द्र पौडेल
लैनचौरः जनार्दन शर्मा
एनसीसी न्यूरोड गेटः अष्टलक्ष्मी शाक्य
टेकु– युवराज ज्ञवाली
कुलेश्वरः बेदुराम भुसाल
कुपण्डोलः पम्फा भुसाल
नयाँबानेश्वरः गिरिराजमणी पोखरेल र लिलामणी पोखरेल
रत्नपार्क शान्ति बाटिकाः मुकुन्द न्यौपाने
त्रिचन्द्र क्याम्पसः योगेश भट्टराई
पूरानो बसपार्कः अमृतकुमार बोहरा
बागबजारः बर्षमान पुन
बाल्मिकी क्याम्पसः गणेश शाह

फेसबुकबाट तपाइको प्रतिक्रिया