टोकियो,साईतामा,चिबा र कानागावा क्षेत्रमा आपतकाल घोषणा जारी गर्दै, सरकारलाई औपचारिक आग्रह

जापान । टोकियो लगाएत साईतामा,चिबा र कानागावा क्षेत्रमा आपतकाल घोषणा जारी गर्न अनुरोध गरेको छ ।
कोरोनाभाईरस संक्रमण नियन्त्रण बाहिर जान थालेपछि टोकियो महानगर लगाएत साईतामा,चिबा र कानागावा केनले आपतकाल घोषणाको अन्तिम तयारी गरेको हो ।

टोकियो महानगर लगाएत साईतामा,चिबा र कानागावा प्रान्तले आजै शनिबार साँझ आपतकाल घोषणाका लागि सरकारलाई औपचारिक आग्रह गरेको जापानको संचार संस्था एनएचकेले जनाएको छ ।

यी मुख्य शहरमा मानिसहरुको भिडलाई कन्ट्रोल गर्न आपतकाल घोषणाका लागि केन्द्रिय सरकार समक्ष आग्रह गरिएको टोकियो महानगरकी गभर्नर यूरिका कोइकेलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ ।

टोकियो महानगर क्षेत्रमा नयाँ कोरोनाभाइरस तिव्र गतिमा संक्रमण फैलिएपछि टोकियो, साईतामा, चिबा, र कानागावा प्रान्तले सरकारलाई आपतकालिन घोषणा गर्न अनुरोध गर्ने समाचारमा जनाएको छ ।

टोकियोका गभर्नर कोइके र साईतामा, चिबा र कानागावा प्रान्तका गभर्नरले आर्थिक पुनरुत्थान मन्त्री निशिमुरा यसुतोसीसँग भेट गरेर अनुरोध गर्ने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया