संसद् विघटन गरेर निर्वाचनको घोषणा गर्नु संविधानसम्मत: पर्यटनमन्त्री ढकाल

नुवाकोट । नेकपा केपी ओली पक्षका नेता तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्टीभित्रै प्रतिपक्षको भन्दा बढी आलोचना गर्ने नेता भएको गुनासो गरेका छन् । सोही कारण सरकारले गति लिन नसकेको उनको दावी छ ।

शनिबार नुवाकोटको विदुरमा विदुर नगरस्तरीय कार्यकर्ता भेलामा मन्त्री ढकालले सरकारले संसद् विघटन गरेर निर्वाचनको घोषणा गर्नु संविधानसम्मत भएको जिकिर गरेका छन् ।

आफ्नै पार्टीभित्रबाट सरकारको काममा असहयोग र प्रधानमन्त्रीलाई नै अपदस्त गर्न खोजेको र लेकतन्त्रमाथि नै खतरा बढेकोले संसद विघटन गरेर ताजा जनदेशमा जानु परेको बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया