चिसोबाट बच्न सिन्धुपाल्चोकका विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण

सुशील सुवेदी,सिन्धुपाल्चोक । गुड ह्यान्स नेपाल सँस्थाद्धारा विद्यार्थिहरुका लागि न्यानो कपडा वितरण गरिएको छ । दिन प्रतिदिन चिसो बढ्दै गएको अवस्थामा विद्यार्थिहरुलाइ न्यानो बनाउनका लागि टोपि,स्वुटर,मास्क,सेनिटाइजर,डिटोल साबुन लगायत न्यानो तथा स्वास्थ्य सामाग्रि वितरण गरिएको गुड ह्यान्स नेपालका अध्यक्ष दावा लामाले जानकारी दिनुभयो ।
भूकम्पले सिन्धुपाल्चोकको प्राय सबै विद्यालयहरु तहसनहस बनाएको थियो । विद्यालय पुननिमार्णमा गुड ह्यान्स नेपालले जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिका ,हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न विद्यालयको भवन निमार्ण गरिदिएको थियो । विगत देखि नै शिक्षा क्षेत्रमा लगानि गर्दै आइरहेको गुड ह्यान्स नेपालले आगामि दिनमा पनि विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रको सहयोगलाइ निरन्तरता दिने अध्यक्ष लामाले बताउनुभयो । अध्यक्ष लामाले ८०० भन्दा धरै विद्यार्थिहरुलाइ न्यानो कपडा र स्वास्थ्य सामाग्रि वितरण गर्नुभएको हो । “भूकम्प पछि धरै सबै विद्यालयहरु बन्द भए ।
अहिले पुर्णरुमा स्वास्थ्य मापदण्ड गरेर विद्यालयहरु धमाधम खुल्न थालेका छन् । विद्यार्थिहरुको लागि मास्क, सेनिटाइजर लगाउने र साबुन पानिले हात धुने बानि बसाल्नको लागि सहज बनाउन सो सामाग्रि वितरण गरिएको लामाले भन्नुभयो । लामा विगत १० बर्ष अगाडि देखिनै सामाजिक कार्यमा ब्यस्त देखिनुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया