नेकपा ओली पक्ष रामेछापको पुन: गठन, अध्यक्षमा श्रेष्ठ र सचिवमा कडरिया चयन

मन्थली । नेपाल कम्युनिष्ट पार्टी ओली पक्ष रामेछापको पुन: गठन भएको छ । आज बधबार मन्थलीमा नेकपा रामेछापको जिल्ला स्तरीय कार्यकर्ता भेलाबाट अध्यक्षको जिम्मेवारीमा आनन्द श्रेष्ठ र पुरुषोत्तम कडरियालाई सचिवको जिम्मेवारी दिएको छ ।

यसअघि अध्यक्ष रहेका मैनकुमार मोक्तान र सचिव शान्तिप्रसाद पौडेल प्रचण्ड–माधब समूहमा लागेपछि उनलाई हटाएर नेकपा ओली पक्ष रामेछापले श्रेष्ठ र कडरियालाई जिम्मेवारी दिएको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा भएको भेलाले यसअघि श्रेष्ठ तत्कालिन एमालेको जिल्ला सचिव र कडरिया विद्यार्थी राजनीति थिए ।

कडरिया प्रचण्ड–माधव नेपाल पक्ष छाडेर बुधवारकै कार्यक्रमबाट ओली पक्षमा खुलेका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया