टोकियो । जापानमा आइतबार थप ६,०८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जनवरी १० तारिख आइतबार एकैदिन जापानभर ६,०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जापानको स्वास्थ्य,श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार उच्च रुपमा टोकियो १४९४ जनासहित,खानागावा ७२९,साईतामा ४१४ र चिवामा ३८८ जना र ओसाकामा ५३२ कोरोना संक्रमित संख्या रहेका छन् ।
जापानमा हालसम्म आन्तरिक र बाह्य गरि २,८९,४६३ जना कोरोना संक्रमित भएका छन् । जापानमा ७६ प्रतिशत अर्थात २,२०,५३६ संक्रमितहरु उपचारपछि घर फर्केका छन् ।
जापानभर आइतबार ४५ जनासहित मृत्यु हुनेको संख्या ४०६७ जना पुगेको छ । जापानमा संक्रमण नियन्त्रण बाहिर जान थालेपछि टोकियो,साईतामा,चिबा र कानागावा क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया