संसद् विघटनको विरुद्धमा कांग्रेसले एक्लै आन्दोलन गर्छ: महामन्त्री डा.कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।
शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने,‘निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ । यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो ।

उनले भने, ‘अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन । प्रतिनिधि सभा विघटनको विरुद्धमा कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उनको भनाइ थियो ।

फरक प्रसंगमा बोल्दै उनले अहिले कांग्रेस सरकारमा नजाने बताए । उनले भने, ‘सरकारले तीन वर्ष छ महिनासम्म केही गर्न सकेन । त्यसको अपजस लिन कांग्रेस सरकारमा नजाने बताएक छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया