काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिभिजनलाई यही सीमित राख्न नचाहेको बताएका छन् ।
शनिबार नेपाल टेलिभिजनको ३६ औं वार्षिकोत्सवका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले थप अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलको विकास गरिने जानकारी दिए ।
मन्त्री गुरुङले प्रविधि र कार्यक्रम उत्पादन उत्कृष्ट सावित हुँदै गएको नेपाल टेलिभिजनलाई विश्व समुदायमा पहुँच पुर्याउन सफल हुने विश्वास व्यक्त समेत गरे । मन्त्री गुरुङले नेपाल टेलिभिजनका कर्मचारी र कर्मचारी संगठनले देखाएको सौहार्दपूर्ण व्यवहारको प्रशंसा गरे ।
नेपाली पत्रकारिता पञ्चायतकालको जस्तो नभएको बताउँदै सरकारी सञ्चार माध्यमलाई सरकारले कुनै हस्तक्षेप र नियन्त्रणको नीति नलिने उल्लेख गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया