भक्तपुर । राष्ट्रिय युवा परिषदमा डोल्पाली युवालाई “सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता विकास तथा वित्तीय साक्षरता सम्बन्धी सात दिने तालिम सम्पन्न भएको छ ।
शनिवार परिषदको कार्यालयमा डोल्पाली युवालाई “सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता विकास तथा वित्तीय साक्षरता सम्बन्धी सात दिने तालिम सम्पन्न भएको हो ।
उक्त समापन कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुङगेल,युवा स्वरोजगार कोषका उपाध्यक्ष कल्याण रोका, वैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्याण, राष्ट्रिय वाणिज्य वैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ सहितको उपस्थिति रहेको थियो ।
समापन समारोहमा तालिममा सहभागी २६ जना युवाहरुले आफ्ना व्यवसाय परियोजनाहरु प्रश्तुत गरेका थिए । स्याउ फर्म- ४ जना, टिमुर/ओखर/जडिबुटी- ३ जना, होटल -४ जना, चाैरी/ भेडा पालन- ४ जना, फेन्सी स्टोर- ४ जना, किराना- ४ जना, व्युटी पार्लर- १ जना, अर्डर एण्ड सप्लायर्स- २ जना, ईलेक्ट्रोनिक्स समान मर्मत – १ जनाले निर्णय गरेर परियोजना प्रस्ताव तयार गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया