काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीमा विभिन्न दलका नेता आउने क्रम जारी छ ।
जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं मुस्लिम विभागका इन्चार्ज एवं संविधानसभा सदस्य वीरगञ्ज निवासी इस्लाम हवारी नेकपामा प्रवेश गर्नुभएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गर्नुभयो । स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्न शुभकामनासमेत दिनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया