काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएसँगै साबिक नेकपामा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्यले प्रचण्डको साथ छाडेका छन् ।
प्रदेश नम्बर १ का संसदीय दलका उपनेता समेत रहेका केन्द्रीय सदस्य टंक आङ्बोहाङ र पूर्व सांसद तथा केन्द्रीय सदस्य पासाङ शेर्पा केपी ओलीलाई समर्थन गर्ने भन्दै नेकपा एमालेतिर लागेका हुन् ।
उनीहरु दुवैजनाले सुवास नेम्वाङसँग भेटेर आफूहरु एमालेमा समाहित हुने बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष शेर्पा ताप्लेजुङका हुन् ।
ताप्लेजुङबाटै माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित टंक आङ्बोहाङ केही दिनयता प्रचण्ड–माधव पक्ष छाडेर तटस्थ बसेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया