केपी ओलीलाई पराजित गर्छु भनेर सपना नदेख्न मुख्यमन्त्री गुरुङको चेतावनी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि केपी ओलीसँग झगडा गर्ने र ओलीलाई पराजित गर्ने भनेर कसैलाई त्यस्तो सपना नदेख्न चेतावनी दिनु भएके ५ ।

विहिबार पोखरा महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका सचिव तथा मुख्यमन्त्री गुरुङ समकालीन नेपाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग नरहेको दाबी गर्नु भयो । गुरुङले एमाले माओवादी भइसक्दा पनि माधव नेपालहरू पेरिसडाँडामा गएर प्रचण्डको अध्यक्षतामा बैठक गरेकोमा आपत्ति जनाउने भयो ।
मुख्यमन्त्री गुरुङले थप्नु भयो फेरि झगडा गर्न जाने हो, फेरि केपी ओलीलाई पराजित गर्न जाने हो भनेर खुल्लमखुल्ला अर्को पार्टीको हेडक्वार्टरमा गएर आफ्नो पार्टीको विरुद्धमा निर्णय गरेर उहाँहरु फर्किनुभएको छ । उहाँहरू के गर्नुहुन्छ त्यो थाहा छँदैछ, तर पनि एमालेको सचिवको नाताले उहाँहरुलाई म स्वागत गर्न चाहन्छु
मुख्यमन्त्री गुरुङले केपी ओलीविरुद्ध अझै पनि रिस पोख्ने हो भने अब सात मध्ये ६ प्रदेशमा एमालेकै सरकार बन्ने दावी गर्दै माधव नेपालहरुले पार्टीमा बसेर प्रचण्डको सेवा गर्ने काम नरोके उनीहरुलाई अप्ठेरो पर्ने चेतावनी समेत दिनु भएको छ ।

मुख्यमन्त्री गुरुङले रामबहादुर थापा ‘बादल’ लगायतका माओवादी नेताहरूले सांसद पद गए पनि ओलीलाई नछाड्ने भनेर इमान, विचार र नैतिकताको राजनीति प्रदर्शन गरेको बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया