एमालेमा सबै पद यथावत छ : प्रवक्ता ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पद यथावत रहेको प्रष्ट पारेका छन् ।महाधिवेशन आयोजक समिति गठन गर्दा पदाधिकारी नरहने भए पनि अहिलेसम्म सबै पदाधिकारी यथावत रहेको ज्ञवालीले बताए ।

प्रवक्ता ज्ञवालीले पार्टी एकता प्रक्रियामा माओवादी केन्द्रबाट आएका नेताहरुको व्यवस्थापन नगरि नियमित बैठकमा जान नमिल्ने र प्रचण्ड छाडेर आएका नेताहरुले पनि आफूहरुलाई अध्यक्ष केपी ओलीले आह्वान गर्नुपर्ने भनेको सन्दर्भमा आज विशेष बैठकले सहज वातावरण बनाइदिएको बताए ।

ज्ञवालीले भने( आजको केन्द्रीय कमिटी बैठक नेकपा एमाले पुनःस्थापनापछिको विशेष बैठक हो । यो २०७५ जेठ ३ गते अघिको एमाले होइन, यो नयाँ एमाले हो । यसमा एकता प्रक्रियामा आएका कमरेडहरुलाई व्यवस्थापन गरेर नियमित बैठकमा जानुपर्ने बाध्यता थियो ।

यसका साथै पेरिसडाँडाबाट फर्किनुभएका कमरेडहरुलाई सम्बोधन गर्नुपर्ने थियो । अब नियमित बैठक बसेर यी निर्णइ अनुमोदनका साथै अन्य धेरै निर्णय गर्नुपर्नेछ ।

ज्ञवालीले अब नेकपा एमालेमा फर्केर हिजो नेकपामा जस्तै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीलाई कामै गर्न नदिने, घेराबन्दी गर्ने, गणितको खेल खेल्ने वा समानान्तर पार्टी कमिटीका अभ्यास गर्ने छुट सदाका लागि बन्द गरिएको समेत बताए ।
नेपाल प्रेसबाट

फेसबुकबाट तपाइको प्रतिक्रिया