एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र थप शक्तिशाली !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र एक छत्र राज गरि शक्तिशाली बन्ने बन्ने सोचका साथ अघि बढेका छन् ।
शनिवार वालुवाटारमा ओलीले आफ्नो तर्फबाट राखेको केन्द्रीय कमिटीको बैठकबाट सबै अधिकारहरु आफूमा निहित गरेर पार्टीभित्र आफू शक्तिशाली भएको पुष्टि गरेका छन् ।

ओलीले स्थायी कमिटी विस्तार, संसदीय दलको विधान संशोधन गरेर निर्वाचन आयोगमा पत्रचार गर्ने अधिकार र समानुपातिक सांसदहरु हटाउने र राख्ने अधिकार प्रत्योजन गर्ने तथा चार जना नेतालाई स्पष्टिकरण सोधेर कारवाही गर्नेसम्मको अधिकार लिएर ओलीले पार्टीभित्रको सबै अधिकार कब्जामा लिएका छन् । बालुवाटारको बैठकबाट ओलीले १०औं राष्ट्रिय महाधिवेशनका लागि आयोजक कमिटी गठन समत गेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहिस्कारका बीच बसेको संसदीय दलको बैठकले दल नेतालाई थप अधिकार सम्पन्न गर्ने गरी विधान संशोधन गरेको छ । बैठकले त्यो विधानलाई अनुमोदन गरेको छ । साथै महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पदमुक्त गर्ने आफ्नो अघिल्लो निर्णयलाई कार्यान्वयन गर्ने गरी २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा बदलेका छन् ।
पार्टीको एउटा पक्षले बहिस्कार गरेको बैठकले २ देखि ६ मंसिर २०७८ महाधिवेशन गर्ने, त्यसका लागि केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
यसअघि २८ फागुनमा बसेको बैठकले पनि पार्टीको दशौं महाधिवेशनको मिति तोकेको नेताहरुले बताएका छन् । तर आफूहरुलाई खबर नगरी बसेको त्यो ओली गुटको बैठक भएको भन्दै नेपाल समूहले विरोध गरेपछि शनिबार बसेको बैठकले फेरि त्यही निर्णय गरेको छ ।
यससँगै पार्टीमा अध्यक्ष र महासचिव बाहेक पदाधिकारी रहेनन् । पदाधिकारी र स्थायी कमिटीबारे प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओली र महासचिव पोखरेललाई दिइएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

केन्द्रीय कमिटीभन्दा अगाडि बालुवाटारमै संसदीय दलको बैठक चलिरहेकै बेला नेपाल समूहका सांसदहरुको तर्फबाट फरकमत बोकेरसोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार पुगेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया