नेपालमा थप २०१४ मा कोरोना संक्रमण, ३०८२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २०१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१४२१६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०८२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८५५८ पुगेको छ । बुधवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै ३५४ जना काठमाण्डूका रहेका छन्। मन्त्रालयका अनुसार हाल भक्तपुरमा २,३२८ ललितपुरमा ३,०५७ र काठमाण्डूमा ७,३३७ सक्रिय सङ्क्रमित रहेका छन्।

बुधवार धेरै सङ्ख्यामा सङ्क्रमण पुष्टि भएका अन्य जिल्लाहरूमा झापामा २३२, मोरङमा १६५, सुनसरीमा १५१, धादिङमा ११३ र बाग्लुङमा ११४ रहेका छन्। मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ९०२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २७९ जना भेन्टिलेटरमा छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया