काठमाडौं । नेपालमा थप ४,५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४,५२२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाण्डू जिल्लामा ३१० जना, ललितपुर जिल्लामा ९९ र भक्तपुरमा ६७ जनामा कोभिड पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ३४३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८१३ पुगेको छ ।
क्वारेन्टाइनमा ४२५ जना छन् भने आइसोलेसनमा ५२६४८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये अहिले ७६१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २१८ जना भेन्टिलेटरमा छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया