काठमाडौं । लकडाउनको कारण समस्यामा परेकाहरुलाई व्यवसायी तथा नेकपाका नेता होम बहादुर बुढाथोकीले लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका मजदुरहरुलाई नि-शुल्क खाना खुवाउनु भएको छ ।
रामेछाप खाँडादेवी गाउँपालिका निवास बुढाथोकीले अलपत्र परेका मजदुरहरुलाई भोकै पर्न नदिन काठमाडौंको महारागन्जस्थित अरिकल इमेन्टमा निशुल्क भोजनको व्यवस्था गर्नुभएको हो । बुढाथोकीले दुःख र पीडामा परेका ३ ४ सय जना मजदुरहरुलाई नि-शुल्क भोजन गराउनु भएको बताउनु भयो । लकडाउनको कारण समस्यामा परेकाहरुलाई भोजनको लागि आग्रह गर्नुभयो । बुढाथोकीले सहयोग गर्नुहने वडा अध्यक्ष दिपक केसी, स्वयमसेवक र किचनका सहयोगीहरुलाई धन्यवाद दिनुभयो ।
नारायणगोपाल चोक आसपासमा खाना खाना नपाएका व्यक्तिहरुले भोली पनि नारायणगोपाल चोकको एनसिसी बैकसँगै रहेको अरिकल इमेन्टस्मा आउन पनि उहाँले आग्रह गर्नुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया