नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ ।

उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका ३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरू सबैको विराटनगरस्थित कोरोना कोराना विशेष अस्थायी अस्पतालमा उपचार भइरहेको छ ।

नेपामा कोभिड-१९ संक्रमित ९ जना निको भइसकेर घर फर्केका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया