नेपालमा एकैदिन १८ जना कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

 

काठमाडौं । नेपालमा एकैदिन १८ जना कोरोना संक्रमितको पुष्टि भएको छ । शुक्रबार १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार मकवानपुर र बाँके तथा काठमाडौं, वीरगञ्ज र दाङमा नयाँ कोरोना संक्रमितको पुष्टि भएको हो ।  मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका हुन् । काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म ३६ जना  निको भएर घर फर्किएका छन् । तर ३ जनामा पुन: पोजेटिभ देखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया