काठमाडौं । नाटिला बचत तथा ऋण सहकारी संस्थाले तेस्रो पटक रक्तदान कार्यक्रम आयोजना गरि सम्मपन्न गरेको छ । बन्दाबन्दीमा रगतको अभाव हुन नदिन नाटिला सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कोभिड १९ को जोखिमका कारण जारी लकडाउनमा समेत शनिवार काठमाडौ सिनामंगल स्थित रहेको ए-वान पार्टी प्यालेसमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । नाटिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ६२ यूनिट रगत संकलन भएको सहकरी संस्थाका अध्यक्ष चुना श्रेष्ठले जानकारी दिनु भयो । यो बिसम परिस्थितिमा कोभिड १९ का कारण अर्थात जारी बन्दाबन्दीको कारणले रगतको अभाव हुन नदिन यस संस्थाले कार्यक्रम आयोजना गरिएको हो । परिस्थितिलाई मध्यनजर गरी रगतको अभावमा कोही पनि उपचार बाट बञ्चित हुन नपरोस भनी आगामी दिनहरूमा पनि कार्यक्रम आयोजना गर्ने संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।


फेसबुकबाट तपाइको प्रतिक्रिया