काटमाडौं । पूर्व कानूनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङ र सत्तारुढ नेकपाकी प्रदेशसभा सदस्य उषाकला राईदम्पतीले प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् ।
बिहीबार बिहान संयुक्त विज्ञप्ति जारी गर्दै सांसद उषाकला र शेरबहादुरले आफूहरू विघटित संसद्को पक्षमा नरहेको र ओली समूहको केन्द्रीय सदस्य स्वीकार गर्न नसक्ने बताएका छन् ।
संसद विघटनको विषय अदालतले व्याख्या गरेपछि मात्र टुंगो लाग्ने र संसद पुनस्स्थापना भए मुलुकको राजनितिक परिघटना पुन अर्को कोर्षबाट हुने उनीहरुले बताएका छन्।
विभाजनले कसैको हित नहुने भएकाले एक भएर देशको हितमा लाग्न उनीहरुले आग्रह गरेका छन् । प्रदेश १ सांसद उषाकला खोटाङकी हुन् भने संघीय सांसद शेरबहादुर तामाङ सिन्धुपाल्चोक जिल्लाका हुन् ।



फेसबुकबाट तपाइको प्रतिक्रिया