वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने श्रममन्त्रीको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले वैदेशिक रोजगारको क्षेत्रमा समस्या देखिएको भन्दै यसको समस्या गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मन्त्री चौधरीले वैदेशिक रोजगारीमा ठगीको समस्यालाई सम्बोधन गर्ने बताए । उनले विदेश जाने युवालाई नेपालमै रोजगारी दिने गरी मन्त्रालयले काम गर्ने बताए । कोरोना विश्वकै समस्या भएकाले विश्वमा नै रोजगारीबाट वञ्चित हुने समस्या आएकाले नेपालमै रोजगारी सिर्जना गर्न प्रयास गर्ने उनको भनाई छ ।

मन्त्री चौधरीले भर्खर प्रवेश भएकोले हाल भए÷गरेका कामहरुबारे छलफल र अध्ययन गरी त्यसपछि कसरी अगाडि बढ्ने भनेर योजना बनाउने उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया