सर्वोच्च अदालतले गरेको फैसलामा सहमति जनाउन सकिदैन : देव गुरुङ

काठमाडौं । नेकपाका प्रचण्ड-नेपाल समूहका प्रमुख सचेतक देव गुरुङले पुरानो साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने भनेर सर्वोच्च अदालतले गरेको फैसलामा सहमति जनाउन नसकिने बताएका छन् ।

रिट निवेदकले नामको विषयमा माग दावी गरेको भए पनि सिंगो पार्टी एकताको विषयमा प्रवेश गरेर अदालतले न्यायको सिद्धान्त विपरित फैसला गरेको गुरुङको विश्लेषण छ ।

संविधान, बहुदलीय प्रजातन्त्र तथा विचार, सिद्धान्तको राजनीति माथि गम्भिर किसिमको षडयन्त्र भएको भन्दै अदालतले गरेको उक्त फैसला पछि के गर्ने भनेर पार्टीले निर्णय गर्ने बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया