काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरु दलको नेतृत्व स्वीकार गरेर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् ।
कांग्रेसको नेतृत्व किंकर्तव्यविमूढ भएर बस्ने बेला नभएको भन्दै उनले भने, ‘यो पार्टीले सबैलाई समायोजन गर्ने र देशलाई ठीक दिशा दिने हैसियत राख्नु पर्ने बताएक छन् ।
शनिबार ट्रेड युनियन कांग्रेसले आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृतिसभामा पौडेलले प्रधानमन्त्री ओलीले उत्पात गरेकाले कांग्रेसले विकल्प दिनुपर्ने बताए ।
उनले अघि भने,आफू अगाडि बढेर हुन्छ कि संसदमा रहेका पार्टीहरुसँग मिलेर ओलीको नयाँ विकल्प कांग्रेसजस्तो पार्टीले खेल्नुपर्छ ।
कांग्रेसकै कतिपय नेता चुनावको पक्षमा बोल्ने गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया