आर्थिक

नेपालको आफ्नै भू–उपग्रह राख्ने प्रक्रिया रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गरी नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको ....

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाँघ्यो

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्चा बिन्दुमा पुगेको छ । बुधबारको कारोवारपछि नेप्सेले नयाँ इतिहास कायम गरेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १५.३० अङ्कले बढेर ....

घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा राजस्व विभागको माइकिङ

काठमाडौं । काठमाडौं महानगरपालिकालाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा राजस्व विभागले आजदेखि माइकिङ सुरु गरेको छ । माइकिङसँगै गएको असार १६ गते कर तिर्न आउनका लागि ....

फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि पारित

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ । केही दिनअगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी ....

ऊर्जामन्त्रीसँग उद्यमीको गुनासो : सजिलै काम गर्ने वातावरण कहिले बन्छ ?

कुनै उद्यमीले ऊर्जा क्षेत्रमा लगानी गर्न चाह्यो भने सहजै काम होला ? आम जिज्ञासा रहन सक्छ । नेपालको काम गर्ने शैली र सरकारी प्रणालीलाई हेर्ने हो भने त्यस क्षेत्रमा काम ....

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ४३ खर्ब नजिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको एकीकृत निर्देशिकाको असर वाणिज्य बैंक तथा लघुवित्त संस्थाको शेयरमा परे पनि नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको कारोवारपछि नेप्सेले ....

श्वेतपत्र सार्वजनिक गर्दा कसैलाई आरोपित गर्ने पुरानो चलन तोड्न चाहन्छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले जिम्मेवारी सम्हाल्दा देशको अर्थतन्त्रको वास्तविक चित्र जनतालाई बताउन यथार्थपत्र सार्वजनिक गर्ने कुरा गर्दा अनावश्यक आतङ्क सिर्जना भएको बताएका छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसहित ....

लघुवित्तलाई लाभांश वितरणमा कडाई, २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने

काठमाडौं । लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ निर्देशिकाअनुसार लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेको हो । ....

विश्व बैंकको ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत ६० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ....

तामाकोशी पाँचौँमा कर्मचारी सञ्चयकोषले १२ अर्ब लगानी गर्ने

काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब ऋण उपलब्ध गराउने भएको छ । रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र भोटेकोशीमा ....

नेप्सेमा भारी वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आइतबार उच्च अङ्कले वृद्धि भएको छ । गत साता सामान्य अङ्कले सुधार भएको बजारमा यस साताको पहिलो कारोवार दिन नै नेप्सेमा ....

हेटौंडा सिमेन्टद्वारा एकवर्षमा एक अर्ब ४० करोड बराबरको सिमेन्ट बिक्री

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ ....

साताको शेयर बजार : ४२ अर्ब ५१ करोडको कारोबार

काठमाडौं । नयाँ आर्थिक वर्षको शुरुवातमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ ....

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश ....

आन्तरिक राजस्व कार्यालय हेटौँडामा लक्ष्यभन्दा बढी राजस्व

हेटौँडा ।  आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले गत आर्थिक वर्ष २०७७/७८ मा रु पाँच अर्ब ५२ करोड  ८२ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । सो कार्यालयले अघिल्लो आव ....