अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने वैज्ञानिकको चेतावनी

बेलायत सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकले बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनले यससँग सम्बन्धित बेलायतमा पछिल्लो समयमा तीन ....

कोरोना भाइरसका भेरियन्टहरूलाई नयाँ नाम दिने विश्व स्वास्थ्य सङ्गठनको निर्णय

कोरोनाभाइरसका नयाँनयाँ प्रकारहरू निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ । अबदेखि उसले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ....

विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढ्दै,भारतमा संक्रमण र मृत्युदर घट्दै

पछिल्लो केही दिनदेखि विश्वमा कोरोना भाईरस संक्रमणको दर घटिरहेका छ भने निको हुनेको संख्या बढिरहेको छ । हालसम्म विश्वमा १५ करोड ३७ लाख ३० हजार भन्दाबढी कोरोना संक्रमणबाट मुक्त भएका ....

विज्ञ भन्छन् -कोरोनालाई जितिएको अहिले नै घोषणा गर्न चाँडो हुन्छ

अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोनाभाइरसविरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने बताएका छन् । सङ्क्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित ....

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र साइमन्ड्सबीच विवाह

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् । बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् ।उनीहरु लामो ....

दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार : चीन

काठमाडौं । चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको ....

इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यकाल समाप्तिको सङ्घारमा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनमा रहेका नेता नफ्ताली बेनेटले विपक्षी गठबन्धनसँग मिलेर सरकार बनाउने घोषणा गरेलगत्तै प्रधानमन्त्री नेतन्याहूको १२ वर्षे कार्यकाल समाप्तिको सङ्घारमा पुगेको छ । इजरायलको सानो तर कट्टरपन्थी ....

भारतमा कोरोना संक्रमण दर र मृत्युदर घट्ने क्रम जारी

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण ....

क्यानाडामा विद्यालय परिसरमा २१५ बालबालिकाको सामूहिक चिहान फेला

काठमाडौँ । क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो ....

भारतमा कोभिडको नक्कली औषधि बेचेको आरोपमा ३५० जना पक्राउ

भारतको राजधानी दिल्लीमा प्रहरीले कोभिड बिरामीहरूलाई नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा ३५० भन्दा धेरै सन्दिग्ध ठगहरूलाई पक्राउ गरेको छ । ती घटना मानवताविरोधी अपराध सरह भएको एक वरिष्ठ प्रहरी ....

जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति

जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ....

भारतमा कोभिड संक्रमितको संख्यामा व्यापक गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । गत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला पारिएकामा विगत ....

भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला

भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर अझै बढी संक्रमक र सरुवा भएको विज्ञहरुले बताएका छन् । भियतनामा भेटिएको ....

विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड नाघ्यो,३५ लाख ४७ हजारको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १० हजार ४ सय बढीको मृत्यु भएसंगै मृतकको संख्या ३५ लाख ४८ हजार ४९१ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा विश्वम ४ लाख ....

बाइडेनद्वारा ६० खर्ब डलरको बजेट प्रस्तुत,सामाजिक खर्च र व्यवसायमा उच्च कर वृद्धि

राष्ट्रपति जो बाइड्नले आगामी आर्थिक बर्षको ६० खर्ब अमेरिकी डलरको बजेट अमेरिकी समय अनुसार शुक्रबार प्रस्ताव गरेका छन् । बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ ....